WP-CLI: हरेक कार्य, स्क्रिप्ट बनाउन मिल्ने।
वर्डप्रेसका लागि कमान्ड लाइन। कुनै ब्राउजर आवश्यक छैन।

स्क्रिप्टिङ-मैत्री संरचना
वर्डप्रेस एडमिनबाट गर्न सकिने हरेक कार्य अब टर्मिनलबाटै सम्भव छ। प्लगिनहरू स्थापना र अपडेट गर्ने, सामग्री आयात गर्ने, नयाँ प्रयोगकर्ता बनाउने, डाटाबेसमा 'search-replace' चलाउने, कीहरू परिवर्तन गर्ने वा मल्टिसाइट नेटवर्क व्यवस्थापन गर्ने—सबै कार्य सहजै गर्न सकिन्छ। यी सबै प्रक्रियालाई तपाईँ एउटा स्क्रिप्ट, क्रोन जब, वा डिप्लोयमेन्टको चरणमा बाँध्न सक्नुहुन्छ। WP-CLI ले वर्डप्रेसलाई एउटा यस्तो माध्यम बनाउँछ, ��सलाई तपाईँले आफ्नो इच्छा अनुसार पूर्ण रूपमा स्वचालित बनाउन सक्नुहुन्छ।

wp plugin
स्थापना गर्नुहोस्, सक्रिय गर्नुहोस्, अपडेट गर्नुहोस्

wp theme
थिम र चाइल्ड थिमहरू व्यवस्थापन गर्नुहोस्

wp db
निर्यात गर्नुहोस्, आयात गर्नुहोस्, खोजी-बदल्नुहोस्

wp user
सिर्जना गर्नुहोस्, अपडेट गर्नुहोस्, पासवर्डहरू रिसेट गर्नुहोस्

wp post
एकमुस्ट सामग्र�� सिर्जना गर्नुहोस्, सम्पादन गर्नुहोस्, मेटाउनुहोस्

wp core
वर्डप्रेस स्थापना गर्नुहोस्, अपडेट गर्नुहोस्, प्रमाणित गर्नुहोस्

wp site
मल्टिसाइट नेटवर्कहरू व्यवस्थापन गर्नुहोस्

wp cron
अनुसूचित कार्यक्रमहरू निरीक्षण र सञ्चालन गर्नुहोस्
कुनै पनि कुरा स्वचालित गर्नुहोस्
WP-CLI तपाईँको स्क्रिप्टिङका हरेक आवश्यकतामा फिट हुन्छ। डाटाबेस माइग्रेसनका लागि यसलाई डिप्लोय पाइपलाइनमा समावेश गर्नुहोस्। हरेक 'पुल रिक्वेस्ट'मा कोर इन्टिग्रिटी जाँच गर्न यसलाई GitHub Action सँग जोड्नुहोस्। अथवा, रातको ३ बजे कीहरू परिवर्तन गर्न, ट्रान्जिएन्टहरू हटाउन वा थम्बनेलहरू पुन: निर्माण गर्न यसलाई 'cron' मार्फत सञ्चालन गर्नुहोस्।
wp db export backup.sql
wp search-replace 'https://staging.example.com' 'https://example.com' --all-tables
wp cache flush
WP_CLI::add_command( 'hello', function () {
WP_CLI::success( 'Hello from WP-CLI!' );
} );
यसलाई विस्तार गर्नुहोस्
WP-CLI लाई विस्तार गर्न निर्माण गरिएको हो। केही लाइन PHP मा कस्टम कमान्ड लेख्नुहोस् र यसलाई ��्लगिनको रूपमा पठाउनुहोस् — वा तपाईँलाई आवश्यक काम पहिले नै गर्ने कुनै एकका लागि सामुदायिक प्याकेज इन्डेक्स ब्राउज गर्नुहोस्।
वर्डप्रेस समुदायद्वारा व्यवस्थापित
WP-CLI सन् २०११ देखि निरन्तर रूपमा रिलिज हुँदै आएको छ, र वर्डप्रेस इकोसिस्टमभरिका स्वयंसेवकहरूले यसलाई व्यवस्थापन गर्दै आएका छन्। प्रत्येक रिलिज सार्वजनिक शासनअन्तर्गत आउँछ, र योगदानहरू धेरै रूपहरूमा हुन्छन् — ट्रायज, डकुमेन्टेसन, अनुवाद, कमान्ड लेखन, परीक्षणहरू।
आगामी आवश्यकताका लागि बनाइएको
वेब व्यवस्थापनको भविष्य स्वायत्त छ, र WP-CLI यस मार्गको नेतृत्व गर्न निर्मित गरिएको हो। यो डेभलपरहरूका लागि एक शक्तिशाली इन्टरफेस मात्र नभई, AI एजेन्ट र LLMs हरूलाई वर्डप्रेससँग भरपर्दो रूपमा संवाद गर्न आवश्यक पर्ने मानक र कमान्ड-संचालित संरचना पनि हो। Abilities API, AI कनेक्टर्स, र Model Context Protocol (MCP) को सहयोगमा WP-CLI ले वर्डप्रेसलाई पूर्ण रूपमा एजेन्ट-मैत्री वातावरणमा रूपान्तरण गरिदिन्छ। चाहे तपाईँ सामान्य मर्मत-सम्भारलाई स्वचालित बनाउँदै हुनुहुन्छ वा जटिल एजेन्टिक कार्यप्रवाह निर्माण गर्दै हुनुहुन्छ, WP-CLI ले आगामी पुस्ताको बौद्धिक प्रविधिका लागि आवश्यक स्थिर र प्रोग्रामयोग्य आधार प्रदान गर्दछ।
